शंकास्पद गाडी प्रकरण संसदमा, दोषीमाथि कडा कारबाही गर्न एमाले सांसद ठगुन्नाको माग
प्रकाशित मिति
२०८३ असार ३० गते, मंगलवार ११:३०
३० असार २०८३ काठमाडौं – प्रतिनिधिसभा बैठकमा सञ्चार संस्था र राजनीतिक नेतृत्वको निवास तथा कार्यालय अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरेर अवरोध सिर्जना गरिएको घटनाको विषय उठेको छ। मंगलबारको बैठकमा बोल्दै नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले सञ्चारगृह तथा राजनीतिक नेतृत्वको निवासअगाडि शंकास्पद रूपमा गाडी राखेर मानसिक त्रास फैलाउने प्रयास भएको भन्दै त्यसको विरोध गरेका हुन्।
उनले हेर्दा सानो देखिए पनि घटनाले गम्भीर सन्देश दिने उल्लेख गर्दै यस्तो गतिविधिले पञ्चायतकालीन राज्य आतंकको सुरुवातको झझल्को दिलाएको टिप्पणी गरे। सांसद ठगुन्नाले लोकतान्त्रिक व्यवस्थामाथि चुनौती सिर्जना गर्ने यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूको पहिचान गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

पछिल्ला दिनहरूमा विभिन्न सञ्चार संस्था र नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएका घटनापछि प्रहरीले ती घटनाबारे अनुसन्धान अघि बढाइरहेको छ।





प्रतिकृया