• २४ असार २०८३, बुधबार
  • ११:३४ बेलुका

रास्वपा सांसद सङ्ग्रौलाको माग– सभामुखप्रति प्रयोग भएका शब्द संसद्को रेकर्डबाट हटाइयोस्

प्रकाशित मिति

२०८३ असार २४ गते, बुधबार १२:०६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका सङ्ग्रौलाले प्रतिनिधिसभाको बैठकमा सभामुखको मानमर्दन हुने गरी प्रयोग गरिएका अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेकी छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै उनले प्रतिपक्षी सांसदहरूको व्यवहार र शब्द चयनप्रति आपत्ति जनाइन्।

प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘ख’ उल्लेख गर्दै सभामुखको आचरणमाथि आलोचना गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था रहेको उनले स्मरण गराइन्। सांसद सङ्ग्रौलाले एमाले सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्याललाई लक्षित गर्दै ‘कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?’ भनेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसको अर्थ र आधार स्पष्ट पार्न प्रतिपक्षीलाई चुनौती दिइन्।

Kamana Sewa

उनले सभामुखसमक्ष दुई विकल्प पनि प्रस्तुत गरिन्। उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट तत्काल हटाउनुपर्ने, अन्यथा भविष्यका लागि अभिलेखमै राखेर इतिहासले त्यसको मूल्यांकन गर्न दिनुपर्ने उनको भनाइ थियो।

Classic Tech Desktop

एमाले सांसद राईले सभामुखप्रति उक्त अभिव्यक्ति दिएपछि रास्वपा सांसद सङ्ग्रौलाले नियमापत्ति जनाउँदै संसद्को मर्यादा कायम गर्न सभामुखको ध्यानाकर्षण गराएकी हुन्।

प्रतिकृया