चाँगुनारायण नगरपालिकाले बाढीपीडितका लागि ५० लाख ३५ हजार सहयोग गर्ने
प्रकाशित मिति
२०८३ भाद्र ११ गते, बिहीबार ०९:१७
११ भदौ २०८३ काठमाडौं –भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि चाँगुनारायण नगरपालिकाले ५० लाख ३५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
नगर प्रमुख जीवन खत्रीका अनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। सहयोग रकम स्थानीय विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट जुटाइनेछ।

नगरपालिकाका अनुसार स्थानीय विपद् व्यवस्थापन कोषबाट १० लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट २० लाख ३५ हजार र शिक्षकबाट १३ लाख रुपैयाँ संकलन गरिनेछ। जनप्रतिनिधिको एक महिनाको सेवा–सुविधा तथा कर्मचारीको तलबबाट रकम कटौती गरी सहयोग जुटाइनेछ।

उक्त रकम विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा प्रयोग हुने नगरपालिकाले जनाएको छ।

Related
Recent News
- चाँगुनारायण नगरपालिकाले बाढीपीडितका लागि ५० लाख ३५ हजार सहयोग गर्ने
- अस्पतालमा आफन्त खोज्दै रसुवा बाढीपीडित, अस्पतालबाहिर एउटै प्रश्न-मेरो मान्छे कहाँ छ?
- उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो
- बाढीमा मृत्यु भएकाको कानको मुन्द्रा थुत्ने दुई जना पक्राउ
- चीनको चेतावनी : नेपाल नजिकै ठूलो ताल बन्यो, बाँध फुट्ने खतरा
- रसुवा बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो
- एनएमबि बैंकका ४ कर्मचारी सम्पर्कविहीन
- विपद्को सामना गर्न राजनीतिक मतभेदभन्दा माथि उठेर एकजुट हुने ८ दलको प्रतिबद्धता (पूर्णपाठ)
- ग्लोबल आइएमई बैंकले बाढीपीडितका लागि ५ करोड सहयोग गर्ने घोषणा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया