• १० भदौ २०८३, बिहीबार
  • ६:२५ बेलुका

उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने

प्रकाशित मिति

२०८३ भाद्र ११ गते, बिहीबार ०६:२५

११ भदौ २०८३ काठमाडौं – सरकारले बाढी, पहिरो, आगलागीलगायत प्राकृतिक विपद्का बेला ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा खटिने सुरक्षाकर्मीको भत्ता तथा दैनिक खाजा खर्च बढाउने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बिहीबार बसेको बैठकले विपद्का समयमा अग्रपङ्क्तिमा खटिने सुरक्षा निकायका जनशक्तिको सेवा सुविधा परिमार्जन गर्ने निर्णय गरेको हो।

Kamana Sewa

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जनशक्तिले विपद्का बेला उच्च जोखिम मोलेर उद्धार तथा राहतमा महत्वपूर्ण योगदान दिँदै आएको भन्दै उनीहरूको योगदानको कदरस्वरूप सुविधा वृद्धि गर्ने निर्णय गरिएको हो।

Classic Tech Desktop

विपद् व्यवस्थापनलाई थप प्रभावकारी, द्रुत र परिणाममुखी बनाउन अग्रपङ्क्तिमा खटिने सुरक्षाकर्मीलाई राज्यका तर्फबाट सम्मान र प्रोत्साहनको अनुभूति गराउनु आवश्यक रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणको कार्यकारी समितिको निर्णयअनुसार सम्बन्धित सुरक्षा निकायले सेवा सुविधा परिमार्जनसम्बन्धी प्रस्ताव तालुकदार मन्त्रालयमा पठाउनुपर्नेछ। त्यसपछि सम्बन्धित मन्त्रालयले आवश्यक निर्णय गर्नेछन्।

प्रतिकृया