• ११ भदौ २०८३, शुक्रबार
  • १२:२५ बिहान

प्रतिनिधि सभाको बैठक आज बस्दै,यस्तो छ छलफलको विषय

प्रकाशित मिति

२०८३ असार २४ गते, बुधबार ०९:१८

२४ असार २०८३ काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। सङ्घीय संसद सचिवालयका अनुसार बैठकमा सरकारका तर्फबाट विभिन्न प्रतिवेदन र विधेयक प्रस्तुत तथा छलफलका लागि कार्यसूची तय गरिएको छ।

आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२’ र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/८२’ संसदमा पेस गर्नेछिन्।

Kamana Sewa

व्यवस्थापन कार्यअन्तर्गत मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछिन्। साथै उक्त विधेयक र ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

Classic Tech Desktop

यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ।

प्रतिकृया