• ११ भदौ २०८३, शुक्रबार
  • १२:१८ बिहान

रौतहटमा जग्गा विवादले लियो ज्यान, चक्कु प्रहारबाट एक जनाको मृत्यु

प्रकाशित मिति

२०८३ असार २४ गते, बुधबार ०९:३१

२४ असार २०८३ काठमाडौं – रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गा विवादका क्रममा भएको चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको स्वामित्वको विषयलाई लिएर भनाभन भएपछि विवाद कुटपिटमा परिणत भएको प्रहरीले जनाएको छ।

विवाद चर्किएपछि रामेश्वर साहले बुटन साहमाथि चक्कु प्रहार गरेका थिए। चक्कु लागेर बुटन साहको ढाडमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइए पनि राति करिब ९ बजे उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त गौतमले जानकारी दिए।

Kamana Sewa

घटनामा रामबहादुर साह पनि घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनापछि खटिएको प्रहरी टोलीले चक्कु प्रहारमा संलग्न रामेश्वर साह र रामऔतार साहलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया