प्रधानमन्त्री बालेनले पहिलोपटक निजी क्षेत्रसँग छलफल गर्दै, उद्योगी–व्यवसायीका समस्या सुन्ने
प्रकाशित मिति
२०८३ असार २४ गते, बुधबार १०:३५
२४ असार २०८३ काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिसँग औपचारिक छलफल गर्दै उद्योगी–व्यवसायीका समस्या र सुझाव सुन्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने छलफलका लागि निजी क्षेत्रका प्रमुख व्यावसायिक संस्थाका प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्। बैठकमा उद्योग, व्यापार, लगानी, व्यवसाय सञ्चालनका चुनौती तथा निजी क्षेत्रका अपेक्षाबारे छलफल हुने जनाइएको छ।

गत चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका शाहसँग भेटका लागि निजी क्षेत्रले यसअघि पनि पहल गरेको भए पनि समय नमिलेका कारण औपचारिक भेट हुन सकेको थिएन। आजको छलफललाई प्रधानमन्त्री र निजी क्षेत्रबीचको पहिलो औपचारिक संवादका रूपमा हेरिएको छ।





प्रतिकृया