• २ असार २०८३, मंगलबार
  • १:२९ बिहान

भारतीय सेनाको हेलिकप्टर नेपाली आकाशमा उडेको विषय संसद्मा उठ्यो, सरकारसँग जवाफ माग

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार १२:४७

१ असार २०८३ काठमाडौं – भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको विषय प्रतिनिधिसभामा उठाइएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा युवराज दुलाल ले उक्त विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

दुलालले दार्चुला क्षेत्रको नेपाली भूभागमाथि भारतीय सेनाको हेलिकप्टर उडेको र त्यसमा भारतीय सेनाका उच्चपदस्थ अधिकारी सवार रहेको भन्ने जानकारी सार्वजनिक भएको उल्लेख गर्दै घटनाबारे सरकारसँग स्पष्ट जवाफ माग गरे ।

Kamana Sewa

उनले नेपाली आकाशको प्रयोग राष्ट्रिय सार्वभौमिकता र सुरक्षा संवेदनशीलतासँग जोडिएको विषय भएको भन्दै यथार्थ विवरण संसद्लाई जानकारी गराउन आग्रह गरे ।

Classic Tech Desktop

सांसद दुलालले हेलिकप्टरले आवश्यक अनुमति लिएर उडान गरेको हो वा होइन भन्नेबारे सरकारको धारणा सार्वजनिक हुनुपर्ने बताए । यदि अनुमति बिना नेपाली आकाश प्रयोग भएको हो भने त्यसबारे सरकारले के कदम चाल्यो भन्ने प्रश्न पनि उनले उठाए ।

उक्त विषयमा सरकारका तर्फबाट तत्काल कुनै जवाफ नआएको जनाइएको छ । संसद्मा उठाइएको विषयबारे सम्बन्धित निकायले छानबिन गरी आवश्यक जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया