• २ असार २०८३, मंगलबार
  • १२:११ बिहान

नेपाल–भारत सीमामा पर्खाल वा काँडेतार लगाउन सांसद तामाङको माग

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार ०१:५५

१ असार २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङ ले नेपाल–भारत सीमामा आवश्यक परे पर्खाल वा काँडेतार लगाउन सरकारसँग माग गरेकी छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सीमाको सुरक्षा र भूभाग संरक्षण राज्यको प्रमुख जिम्मेवारी भएको बताइन् ।

तामाङले आवश्यकता अनुसार दुई देशको सहमतिमा सीमामा पर्खाल वा काँडेतार लगाएर भए पनि नियन्त्रण र सुरक्षा बलियो बनाउनुपर्ने धारणा राखिन् । उनले सीमाको रक्षा गर्न नसके राष्ट्रको सार्वभौमिकतामै प्रश्न उठ्ने भन्दै सरकारले गम्भीर भएर काम गर्नुपर्ने बताइन् ।

Kamana Sewa

सांसद तामाङले लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता क्षेत्र नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय भएको उल्लेख गरिन् ।

Classic Tech Desktop

त्यसैगरी उनले सुस्ता क्षेत्रमा लामो समयदेखि देखिँदै आएको सीमा समस्या समाधान गर्न पनि सरकारलाई आग्रह गरिन् । उनले भारतीय सीमा सुरक्षा बल एसएसबीका गतिविधि र स्थानीय नागरिकमाथि धम्की आएको भनिएको विषयमा पनि सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिकृया