• २५ भदौ २०८३, बिहीबार
  • १२ः२७ राती

रास्वपालाई राप्रपाको सुझाव : वैदेशिक सम्बन्धमा परिपक्वता देखाउनुपर्छ

प्रकाशित मिति

२०८३ जेष्ठ २५ गते, सोमबार १२:०४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई वैदेशिक सम्बन्धका विषयमा परिपक्व व्यवहार प्रदर्शन गर्न सुझाव दिएको छ। रास्वपा सभापति रवि लामिछाने ले सोमबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा राप्रपाले यस्तो धारणा राखेको हो।

National Life

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ले वैदेशिक सम्बन्धजस्तो संवेदनशील विषयमा सरकारका अभिव्यक्ति र गतिविधि जिम्मेवार तथा परिपक्व हुनुपर्ने बताए।

“वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहार देखिनु हुँदैन। देश जित्नेको मात्र होइन, हार्नेको पनि हो। सरकारले गर्ने गलत क्रियाकलापको असर सम्पूर्ण देशले व्यहोर्नुपर्छ, त्यसैले परिपक्व व्यवहार आवश्यक छ,” लिङ्देनले भने।

Classic Tech Mobile
Classic Tech Desktop

राप्रपाले प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा सम्बन्धमा दिएको मन्तव्य तथा भारत भ्रमणका क्रममा रास्वपा सभापति लामिछानेले ‘हामीले विगतको भारी बोक्दैनौं’ भन्ने अभिव्यक्ति दिएको प्रसंगलाई उल्लेख गर्दै ती अभिव्यक्तिलाई अपरिपक्व ठहर गरेको छ।

अध्यक्ष लिङ्देनले यस्ता अभिव्यक्तिले कूटनीतिक रूपमा धेरै अर्थ राख्ने भएकाले वैदेशिक सम्बन्धका विषयमा विशेष संवेदनशीलता अपनाउन सरकारलाई आग्रह गरे।

भारत भ्रमणबाट फर्किएपछि सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएका हुन्। बैठकमा उनले भारत भ्रमणका क्रममा भएका छलफल, प्राप्त अनुभव तथा सरकारका लागि सुझाव संकलन गर्ने उद्देश्यले बैठक आयोजना गरिएको जानकारी गराएका थिए।

गत फागुन २१ गतेको निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरिरहेको रास्वपाले सर्वदलीय बैठक बोलाएको यो पहिलो पटक हो। बैठकको छलफल जारी रहेको जनाइएको छ।

प्रतिकृया