• २ असार २०८३, मंगलबार
  • १:३० बिहान

भारतले चिया निर्यात रोक्दा ८३ उद्योग बन्द, संसद्मा मुद्दा उठ्यो

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार ०१:०१

१ असार २०८३ काठमाडौं – भारतले नेपाली चिया निर्यातमा रोक लगाएपछि देशभरका ८३ वटा चिया उद्योग बन्द भएको विषय प्रतिनिधिसभामा उठेको छ ।नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङ ले सोमबार आकस्मिक समयमा बोल्दै यो समस्या संसद्मा उठाएका हुन् ।

उनका अनुसार करिब ३ लाख किलो चिया भारतमा रोकिएको छ भने ७ लाख किलो चिया उद्योगकै गोदाममा थन्किएको छ । निर्यात रोकिँदा चिया कारखानामा काम गर्ने मजदुर तथा चिया टिप्ने श्रमिकहरूको रोजगारीमा ठूलो असर परेको उनले बताए ।

Kamana Sewa

सांसद केरुङले तत्काल समस्याको समाधान गर्न सरकारसँग माग गरेका छन् । उनले भारतसँग कूटनीतिक रूपमा सरकार–सरकार (G2G) पहल गरेर चिया निर्यात अवरोध हटाउन आग्रह गरे ।

Classic Tech Desktop

उनले चिया उद्योग संकटमा पर्दा हजारौँ किसान, मजदुर र उद्योगी प्रत्यक्ष प्रभावित भएको भन्दै सरकारले छिटो पहल गर्नुपर्ने बताए ।

प्रतिकृया