• २ असार २०८३, मंगलबार
  • १:२७ बिहान

अर्थमन्त्रीलाई ‘टी स्टेट’ फाइल खोल्न एमालेको चेतावनी

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार ०१:०७

१ असार २०८३ काठमाडौं – विपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई सबैभन्दा पहिले ‘टी स्टेट’ सम्बन्धी फाइल खोल्न चेतावनी दिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल ले अर्थमन्त्री वाग्लेले पुराना फाइल खोल्ने संकेत गरेको भनाइप्रति आपत्ति जनाइन् ।

उनले सांसदका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले ‘फाइल खोल्ने’ भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई आपत्तिजनक भनेकी छन् । अर्यालले भनिन्, “पहिलो नम्बरमा टी स्टेटको फाइल खोल्नुस्।”

Kamana Sewa

त्यसैगरी उनले ओम्नी लगायतका प्रकरणका फाइलहरू पनि खोल्नुपर्ने भन्दै यथार्थ बाहिर ल्याउन सरकारसँग माग गरिन् ।

Classic Tech Desktop

अर्यालले यदि विगतका आरोपहरू प्रमाणित भएनन् भने त्यसले व्यक्तिको स्वाभिमानमा आँच पुर्‍याउने भएकाले त्यसबारे अर्थमन्त्रीले के जिम्मेवारी लिनुहुन्छ भन्ने प्रश्न पनि उठाइन् ।

संसद्मा उठेको यो विषयपछि सत्ता र विपक्षबीचको राजनीतिक बहस थप चर्किएको छ ।

प्रतिकृया