• ५ असोज २०८३, सोमबार
  • १ः२१ दिउँसो

रास्वपा बागमती प्रदेश सभापतिमा चार जनाको प्रतिस्पर्धा, सांसद भण्डारीले फिर्ता लिए उम्मेदवारी

प्रकाशित मिति

२०८३ जेष्ठ २७ गते, बुधबार ०९:१७

२७ जेठ २०८३ काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश समितिको सभापति पदका लागि चार जनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन समितिले मङ्गलवार राति सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीअनुसार सुरुआतमा पाँच जनाले उम्मेदवारी दर्ता गराएकामध्ये काभ्रेबाट निर्वाचित सांसद वदन भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चार जना चुनावी प्रतिस्पर्धामा रहेका छन्।

National Life

सभापति पदका लागि रामेछापका हरि बहादुर खत्री, नुवाकोटका डा. अच्युतम लामिछाने, धादिङका कृष्णमान श्रेष्ठ र मकवानपुरका उत्सव अर्याल चुनावी मैदानमा रहेका छन्। यसैबीच, आज बिहान पनि निर्वाचन कार्यतालिकाअनुसार मतदान हुन नसकेपछि निर्वाचन प्रक्रिया बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।

रास्वपा बागमती प्रदेशको सदस्य पदका लागि भने ८८ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ। समितिले खुला, दलित, महिला तथा अल्पसंख्यक समावेशी समूह र विभिन्न निर्वाचन क्षेत्रका आधारमा उम्मेदवारहरूको वर्गीकरण गरेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

सदस्य पदका लागि काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, दोलखा, सिन्धुली र रामेछापका प्रतिनिधिहरू प्रतिस्पर्धामा छन्। निर्वाचन समितिका अनुसार अन्तिम नामावली प्रकाशन भएसँगै मतदान प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।

प्रतिकृया