• २८ जेठ २०८३, बिहीबार
  • १:३२ बिहान

आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको अर्थमन्त्री वाग्लेको आरोप

प्रकाशित मिति

२०८३ जेष्ठ २७ गते, बुधबार १०:२४

२७ जेठ २०८३ काठमाडौं –  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे भएको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

अर्थमन्त्री वाग्लेले बजेटमाथि संसद्मा छलफल हुनुपर्ने अवस्थामा प्रतिनिधिसभाको बैठक अवरुद्ध पारिएको र त्यसैबीच आफूलाई लक्षित गर्दै योजनाबद्ध रूपमा भ्रम फैलाउने काम भएको दाबी गरे।

Kamana Sewa

“बजेट छलफल गर्नुपर्ने प्रतिनिधिसभामा अवरोध गरेर मविरुद्ध संगठित रूपमा अफवाह फैलाइएको छ,” उनले भने, “त्यसको जवाफ दिन पनि म संसदीय समितिमा आएको हुँ।”

Classic Tech Desktop

उनले बजेटसँग सम्बन्धित विषयमा उठेका जिज्ञासा र आरोपहरूको जवाफ दिन आफू तयार रहेको समेत बताए। अर्थ समितिको बैठकमा सांसदहरूले बजेटका विभिन्न पक्षबारे अर्थमन्त्रीसँग प्रश्न तथा छलफल गरेका थिए।

प्रतिकृया