• २ असार २०८३, मंगलबार
  • १:२७ बिहान

विपक्षी दलको विरोधबीच प्रतिनिधिसभा बैठक सुरु

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार १२:१६

१ असार २०८३ काठमाडौं – प्रतिनिधिसभाको सोमबारको बैठक सुरु हुनासाथ विपक्षी दलहरूले विरोध जनाएका छन् । सभामुख डोलप्रसाद अर्याल ले बैठक प्रारम्भ गर्नेबित्तिकै नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा अन्य विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन् ।

विरोधका बीच सभामुख अर्यालले एमाले सांसद पद्मा अर्याल लाई आफ्नो धारणा राख्न समय दिएका छन् । विपक्षी दलहरूले सरकारका विभिन्न निर्णय तथा समसामयिक राजनीतिक विषयमा असन्तुष्टि जनाउँदै संसद्मा विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूको विरोधको कारणबारे बैठकमा धारणा राखेपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ ।

Kamana Sewa

संसद्मा जारी अवरोध र विरोधका कारण आजको बैठकको कार्यसूची प्रभावित हुन सक्ने देखिएको छ । विपक्षी दलको माग र सरकारको जवाफपछि संसद्को आगामी प्रक्रिया तय हुनेछ ।

Classic Tech Desktop

प्रतिकृया