• २ असार २०८३, मंगलबार
  • १:२६ बिहान

विश्वकपमा केप भर्डेको ऐतिहासिक सुरुआत, स्पेनसँग गोलरहित बराबरी

प्रकाशित मिति

२०८३ असार २ गते, मंगलवार १२:०४

एटलान्टा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को पहिलो खेलमा नवप्रवेशी केप भर्डेले बलियो टोली स्पेनलाई ०–० को बराबरीमा रोक्दै ऐतिहासिक अंक बटुलेको छ।

खेलभर स्पेनले आक्रमणमा दबाब बनाए पनि केप भर्डेका गोलकिपर भोजिन्हो उत्कृष्ट प्रदर्शन गर्दै टोलीका नायक बने। उनले स्पेनका लगातार प्रहारहरू विफल पार्दै टोलीलाई हारबाट जोगाए। पहिलो हाफमा तीन तथा दोस्रो हाफमा थप चार प्रहार रोकेपछि खेल गोलरहित बराबरीमा टुंगिएको थियो।

Kamana Sewa

स्पेनले बल नियन्त्रण र अवसर सिर्जनामा स्पष्ट रूपमा प्रभुत्व जमाए पनि केप भर्डेको सुदृढ रक्षापङ्क्ति र गोलकिपर भोजिन्होको उत्कृष्ट प्रदर्शनका कारण गोल गर्न सकेन।

Classic Tech Desktop

बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्। विश्वकपमा पहिलोपटक सहभागी केप भर्डेका लागि यो नतिजा ऐतिहासिक उपलब्धि बनेको छ। यता उपाधि दाबेदार मानिएको स्पेनले भने प्रतियोगिताको सुरुआती खेलमै अपेक्षित जित निकाल्न असफल भएको छ।

समूह ‘एच’ मा स्पेन, केप भर्डे, साउदी अरेबिया र उरुग्वे रहेका छन्। अब दुवै टोलीले आगामी खेलमा जित निकाल्दै नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्य राख्नेछन्।

प्रतिकृया