• २ असार २०८३, मंगलबार
  • १२:१३ बिहान

बागमती प्रदेशले ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी, पूर्वाधारमा विशेष जोड

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार ०४:४०

१ असार २०८३ हेटौँडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ६६ अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्ने तयारी पूरा गरेको छ । बजेट प्रस्तुत गर्नुअघि बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको सिफारिसमा बजेटलाई स्वीकृति प्रदान गर्नेछ ।

मन्त्रिपरिषद् बैठक सम्पन्न भएलगत्तै प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण पेश गरिनेछ । स्रोतका अनुसार यसपटकको बजेटमा भौतिक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिइएको छ । सडक, पुल, खानेपानी, शहरी पूर्वाधार तथा अन्य विकास निर्माणका योजनामा उल्लेख्य बजेट विनियोजन गरिने तयारी गरिएको छ ।

Kamana Sewa

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षको प्रस्तावित बजेट भने चालु वर्षको तुलनामा केही कम हुने देखिएको छ । प्रदेश सरकारले आर्थिक गतिविधि विस्तार, पूर्वाधार विकास र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित बजेट ल्याउन लागेको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया