• २ असार २०८३, मंगलबार
  • १२:१३ बिहान

नेप्से १२.२६ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ४१ करोडमा सीमित

प्रकाशित मिति

२०८३ असार १ गते, सोमबार ०३:२०

१ असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा झरेको छ । आज ३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब ४१ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार दिनभरि बजारमा दबाब देखिँदा अधिकांश उपसूचक राताम्य बनेका छन् । नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक घटेको छ । फाइनान्स समूह १.२६ प्रतिशतले घट्दा विकास बैंक समूह ०.५४ प्रतिशतले ओरालो लागेको छ । आज ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।

Kamana Sewa

लगानीकर्ताको बिक्री दबाब बढेसँगै बजार परिसूचकमा गिरावट आएको विश्लेषण गरिएको छ । लगातार उतारचढावबीच बजारको आगामी दिशा लगानीकर्ताको मनोबल, मौद्रिक नीति तथा आर्थिक गतिविधिमा निर्भर रहने देखिएको छ ।

Classic Tech Desktop

प्रतिकृया