निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली
प्रकाशित मिति
२०८३ जेष्ठ १९ गते, मंगलवार ११:५५
१९ जेठ २०८३ काठमाडौं – केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्।नेकपा एमालेको केन्द्रीय संगठन विभागको आयोजनामा जेठ २० र २१ गते काठमाडौंमा हुने दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले गर्ने कार्यक्रम तय भएको छ।

‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक कार्यशाला काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुनेछ। एमालेका अनुसार कार्यशालामा पार्टीको संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा नवीकरण अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिनेछ।

कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ।

एमालेले पार्टीको सांगठनिक गतिशीलता र सदस्यता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कार्यशाला आयोजना गरिएको जनाएको छ।




प्रतिकृया