• ४ साउन २०८३, सोमबार
  • १:३७ बिहान

लगातार ४ दिन सार्वजनिक बिदा, जेठ १४ देखि १७ सम्म

प्रकाशित मिति

२०८३ जेष्ठ ८ गते, शुक्रबार १२:१७

काठमाडौं । यही जेठ १४ गतेदेखि लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालय ले शुक्रबार विज्ञप्ति जारी गर्दै जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले का अनुसार राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरूको बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले यस वर्ष जेठ १४ गते बिदा परेको हो ।

Kamana Sewa

यससँगै जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा, १६ गते शनिबार र १७ गते आइतबार नियमित बिदा परेकाले देशभर लगातार ४ दिन सार्वजनिक बिदा हुने भएको छ ।

Classic Tech Desktop

सरकारी निर्णयअनुसार १४ देखि १७ गतेसम्म सार्वजनिक कार्यालय, विद्यालय तथा धेरै निजी क्षेत्रसमेत बन्द रहनेछ ।

प्रतिकृया