• ४ साउन २०८३, सोमबार
  • ७:३२ बेलुका

बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

प्रकाशित मिति

२०८३ जेष्ठ ८ गते, शुक्रबार १२:५६

काठमाडौं । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालय का प्रवक्ता आनन्द काफ्ले ले विज्ञप्ति जारी गर्दै बकर ईद (ईद–उल–अज्हा)को अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीहरूको प्रमुख चाड बकर ईदको अवसरमा प्रत्येक वर्ष सार्वजनिक बिदा दिने व्यवस्था अनुसार यस पटक पनि बिदा दिने निर्णय गरिएको हो ।

Kamana Sewa

प्रतिकृया