• ५ असोज २०८३, सोमबार
  • ८ः१९ बिहान

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पोखराको डालिया होटेलमा विशेष छुट

प्रकाशित मिति

२०८३ जेष्ठ ८ गते, शुक्रबार १२:०१

काठमाडौं । नेपाल बैंक लिमिटेड र पोखरा लेकसाइडमा रहेको डालिया होटेल प्रा.लि. बीच ग्राहक तथा कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।

National Life

सम्झौताअनुसार नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू तथा बैंकका कर्मचारीहरूले डालिया होटेल प्रा.लि.द्वारा प्रदान गरिने विभिन्न सेवा सुविधामा बिल रकमको १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।

उक्त सम्झौतामा बैंकको तर्फबाट बजार व्यवस्थापन तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र होटेलको तर्फबाट प्रमुख कार्यकारी निर्देशक (सीईओ) सीता रायमाझीले हस्ताक्षर गरेका हुन् । सम्झौता कार्यान्वयनपछि नेपाल बैंकका ग्राहक तथा कर्मचारीहरूलाई होटेलका सेवामा सहुलियत प्राप्त हुने अपेक्षा गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल बैंक लिमिटेडले हाल देशभर २३१ शाखा, २४६ एटिएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले आधुनिक प्रविधि र छरितो ग्राहक सेवामार्फत आफ्नो सेवा विस्तार गर्दै प्रतिस्पर्धात्मक रूपमा अघि बढिरहेको जनाएको छ।

प्रतिकृया