• ४ साउन २०८३, सोमबार
  • २:१५ बिहान

कामना सेवा विकास बैंकले गर्‍यो शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन कार्यक्रम

प्रकाशित मिति

२०८३ जेष्ठ ८ गते, शुक्रबार ११:१७

८ जेठ २०८३ काठमाडौं – कामना सेवा विकास बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई लक्षित गरी निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपचारका लागि देशका विभिन्न स्थानबाट आएका गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूका लाग त्यस्तो कार्यक्रम गरेको हो ।

अस्पतालमा उपचारका क्रममा आर्थिक तथा सामाजिक रूपमा कठिन अवस्था भोगिरहेका बिरामी र उनीहरूका कुरुवाहरूका लागि पौष्टिक भोजन आवश्यक रहने अवस्थालाई मध्यनजर गर्दै बैंकले सहयोग गरेको हो ।

Kamana Sewa

उक्त कार्यक्रम आरती भोजन परिवारसँगको सहकार्यमा सञ्चालन गरिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख सुशील पौडेल तथा आरती भोजन परिवारका अध्यक्ष डा. बिनु बाबा अर्यालको उपस्थिति थियो ।

Classic Tech Desktop

भोजन वितरण सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग गरेकोमा अध्यक्ष अर्यालले बैंकलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै, गरिब तथा विपन्न बिरामी एवं उनीहरूका कुरुवाहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको बैंकका ब्रान्डिङ तथा सीएसआर प्रमुख पौडेलले बताए ।

आरती भोजन परिवारले ३ मंसिर २०८१ देखि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत बिरामीका कुरुवाहरूलाई नियमित रूपमा निःशुल्क भोजन सेवा प्रदान गर्दै आइरहेको छ । हाल उक्त सेवाबाट दैनिक २०० भन्दा बढी व्यक्ति लाभान्वित हुँदै आएका छन् ।

प्रतिकृया