• ४ साउन २०८३, सोमबार
  • २:०५ बिहान

नीति तथा कार्यक्रममाथिको जवाफ अर्थमन्त्री वाग्लेले दिने

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ११:१८

३० बैशाख २०८३ काठमाडौं- आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने भएका छन् । बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याएर अर्थमन्त्री वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।

यसअघि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने परम्परा रहे पनि यसपटक भने प्रधानमन्त्री बालेन्द्र शाहको सट्टा अर्थमन्त्रीले जवाफ दिने तयारी गरिएको हो ।

Kamana Sewa

प्रधानमन्त्री सचिवालयका अनुसार सहमतिमै अर्थमन्त्रीलाई जवाफ दिने जिम्मेवारी दिइएको हो । ‘नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने कार्यक्रम छ,’ सचिवालय स्रोतले जनाएको छ ।

Classic Tech Desktop

यसअघि संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने प्रधानमन्त्री शाहले जवाफ दिने उल्लेख गरिएको थियो । गत वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिकृया