• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

सुन सस्तियो, चाँदी महँगियो

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ११:०६

३० बैशाख २०८३ काठमाडौं- सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन छापावाला सुन प्रतितोला ३ लाख २ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको हो ।

Kamana Sewa

यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला ५ हजार ७१० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले वृद्धि भएको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया