• ३ साउन २०८३, आइतबार
  • ३:४६ बेलुका

इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ११:२५

३० बैशाख २०८३ काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ । सीआईबीका अनुसार उनलाई वैशाख २९ गते राति करिब ८ बजे सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउपछि उनलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका पाण्डेमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप लागेको छ ।

Kamana Sewa

काठमाडौंको रक्तकाली स्थायी ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया