• ७ असोज २०८३, बुधबार
  • ८ः१६ राती

रवि लामिछानेको संयोजकत्वमा रास्वपाको महाधिवेशन मूल आयोजक समिति गठन

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार ११:३७

३० बैशाख २०८३ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समारोह समिति गठन गरेको छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको हो ।

National Life

रास्वपाले पार्टी स्थापनाको चौथो वर्ष पूरा भएको अवसरमा आगामी असार ७, ८ र ९ गते चितवनमा महाधिवेशन आयोजना गर्ने निर्णय यसअघि नै गरिसकेको छ । पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीका अनुसार हाललाई मूल आयोजक समितिमा केन्द्रीय समिति सदस्यहरू रहनेछन् । साथै, महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति समेत गठन गरिएको छ ।

बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा समिति, प्रचारप्रसार व्यवस्थापन समिति, सूचना तथा प्रविधि व्यवस्थापन समिति, आवास तथा भोजन समिति, स्वास्थ्य तथा प्राथमिक उपचार व्यवस्थापन समिति, सांस्कृतिक कार्यक्रम समिति तथा अतिथि सत्कार समिति गठन गरेको जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया