यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
प्रकाशित मिति
२०८३ बैशाख ३० गते, बुधबार ११:५४
३० बैशाख २०८३ काठमाडौं- सरकारले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ र भूमि सम्बन्धी नियमहरू स्वीकृत गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको हो ।
बैठकपछि सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले प्रशासनिक तथा कानुनी प्रक्रियालाई थप व्यवस्थित बनाउन ‘विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) आदेश, २०७९’ को संशोधन प्रस्तावलाई पनि स्वीकृति दिइएको जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्थापनसँग सम्बन्धित कानुनी प्रावधान परिमार्जन गर्दै ‘भूमि सम्बन्धी २१औँ संशोधन नियमहरू, २०८३’ लाई समेत स्वीकृत गरेको छ ।
यस्तै, मन्त्रिपरिषद्ले सरकारी लगानी व्यवस्थापन समितिको सदस्य पदमा प्रतिनिधिसभा सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।






प्रतिकृया