• ६ असोज २०८३, मंगलबार
  • २ः२९ दिउँसो

नेपाल टेलिकमको खुद नाफा ९.८५ प्रतिशतले बढ्यो

प्रकाशित मिति

२०८३ बैशाख ३० गते, बुधबार १२:२६

३० बैशाख २०८३ काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै आय र नाफामा वृद्धि भएको जनाएको छ । कम्पनीका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म कुल सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँको तुलनामा ६१ करोड २० लाख रुपैयाँ अर्थात् २.४२ प्रतिशतले बढी हो ।

National Life

यस्तै, कुल आय २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कुल आय २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ रहेको थियो । यसअनुसार कुल आयमा ४२ करोड ३३ लाख रुपैयाँ अर्थात् १.४९ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।

तेस्रो त्रैमासिकसम्म कम्पनीको EBITDA १४ अर्ब ३८ करोड २ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ करोड ८० लाख रुपैयाँ अर्थात् १.३२ प्रतिशतले बढी हो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, खुद मुनाफा ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको थियो । यसअनुसार खुद मुनाफा ५६ करोड २४ लाख रुपैयाँ अर्थात् ९.८५ प्रतिशतले बढेको हो ।

कम्पनीको प्रति शेयर आम्दानी (वार्षिकीकृत) ४६ रुपैयाँ ४७ पैसा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४२ रुपैयाँ ३० पैसा रहेको थियो ।नेपाल टेलिकमका अनुसार GSM सेवाबाट प्राप्त हुने राजस्व ५७ करोड ७४ लाख रुपैयाँले बढेको, ह्रासकट्टी खर्च ३८ करोड ६९ लाख रुपैयाँले घटेको तथा ब्याज आय भने घट्दो ब्याजदरका कारण ५७ करोड ६६ लाख रुपैयाँले कम भएको छ ।

प्रतिकृया