एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा, यी माध्यमबाट हेर्न सकिने
प्रकाशित मिति
२०८३ बैशाख २७ गते, आईतवार १०:३३
२७ बैशाख २०८३ काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नतिजा सार्वजनिकसँगै परीक्षार्थीहरूले एसएमएस (SMS), आईभीआर (IVR) तथा विभिन्न वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्ने व्यवस्था गरिएको कार्यालयले जनाएको हो ।
कार्यालयले जारी गरेको सूचनाअनुसार नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न आधिकारिक माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने सुविधा
परीक्षार्थीहरूले तल उल्लेखित सर्टकोडमा एसएमएस पठाएर वा फोन गरेर नतिजा प्राप्त गर्न सक्नेछन्–

- नेपाल टेलिकम : १६०० (SMS/USSD तथा IVR सेवा)
- जानकी टेक्नोलोजी : ३५००१ (SMS सेवा)
- एम्बिसन गुरु : ३१०६९ (SMS सेवा)
वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने
नतिजासँगै विस्तृत मार्कसिट हेर्नका लागि सरकारी तथा निजी क्षेत्रका विभिन्न वेबसाइटलाई अनुमति दिइएको छ । प्रमुख वेबसाइटहरू यसप्रकार छन्–
- www.see.gov.np
- www.neb.gov.np
- www.see.ntc.net.np
- www.ekantipur.com
- www.see.edusanjal.com
- https://khalti.com/app
यसका अतिरिक्त निमा एजुकेशन, फोनिक्स एजुकेशन, एम्बिसन गुरु, मेरो स्टडी तथा इन्द्रेणी टाइम्सका वेबसाइटबाट पनि नतिजा हेर्न सकिने जनाइएको छ ।
परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित भएपछि आधिकारिक माध्यमबाट मात्र नतिजा रुजु गर्न परीक्षार्थी तथा अभिभावकलाई आग्रह गरेको छ ।




प्रतिकृया