• ४ साउन २०८३, सोमबार
  • १:४२ बिहान

जेनजी आन्दोलन दमन प्रकरण: पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग अस्पतालमै बयान सुरु

प्रकाशित मिति

२०८२ चैत्र १९ गते, बिहीबार ०६:०९

१९ चैत,२०८२ काठमाडौं – भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सँग बयान लिन सुरु गरिएको छ। अनुसन्धान अधिकृत र सरकारी वकिलको टोलीले स्वास्थ्य अवस्थाका कारण अस्पतालमा भर्ना रहेका ओलीसँग त्रिवि शिक्षण अस्पतालमै बयान लिन थालेको हो। पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराई का अनुसार चिकित्सकले अस्पताल बाहिर लैजान नमिल्ने सुझाव दिएपछि बयान प्रक्रिया अस्पतालमै अघि बढाइएको हो। “आजदेखि जाँचबुझ आयोगले किटान गरेका विषयमा उहाँसँग बयान लिन थालेका छौं,” उनले बताए।

Kamana Sewa

यसैबीच, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक को बयान प्रक्रिया भने पूरा भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरी काफ्ले ले लेखकको बयान सकिएको जानकारी दिए।

Classic Tech Desktop

घटनासम्बन्धी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिकृया