सभामुख चयन प्रक्रिया सुरु, आज मनोनयन दर्ता
प्रकाशित मिति
२०८२ चैत्र २० गते, शुक्रबार ०९:२९
२० चैत,२०८२ काठमाडौं – प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया आजबाट औपचारिक रूपमा सुरु हुँदैछ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म संसद सचिवालयमा सभामुख पदका लागि उम्मेदवारहरूको मनोनयन दर्ता गरिनेछ।
सचिवालयका अनुसार आजै दिउँसो साढे २ बजे उम्मेदवारहरूको नामावली प्रकाशित गरिनेछ। त्यसपछि चैत २२ गते बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख चयनसम्बन्धी प्रस्ताव पेश गरिने कार्यक्रम तय गरिएको छ।
निर्वाचन भने चैत २२ गते आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा हुने जनाइएको छ। प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बहुमत रहेकाले सोही पार्टीले अगाडि सारेका उपसभापति डिपी अर्याल सभामुख बन्ने लगभग निश्चित देखिएको छ। यससँगै सभामुख चयन प्रक्रिया राजनीतिक रूपमा पनि निकै चासोका साथ हेरिएको छ।






प्रतिकृया