यस्तो छ आजको मौसम पूर्वानुमान
प्रकाशित मिति
२०८२ चैत्र ७ गते, शनिबार १०:५६
७ चैत,२०८२ काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। विभागका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा बादल लागेको छ भने अन्य क्षेत्रमा पनि आंशिक बदली रहेको छ।
हाल बागमती र गण्डकी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका थोरै क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशसहित हिमाली क्षेत्रका केही स्थान र पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।




प्रतिकृया