• ४ साउन २०८३, सोमबार
  • ३:१८ बिहान

समानुपातिकतर्फ निर्वाचित सांसदलाई चैत ५ मा प्रमाणपत्र दिइने

प्रकाशित मिति

२०८२ चैत्र ३ गते, मंगलवार १०:५४

३ चैत,२०८२ काठमाडौं- निर्वाचन आयोग ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई चैत ५ गते प्रमाणपत्र वितरण गर्ने भएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउत का अनुसार सो दिन बिहान ११:३० बजे आयोग परिसरमा निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र प्रदान गरिनेछ।

राजनीतिक दलबाट छनोट भई पेस गरिएका उम्मेदवारहरूको विवरण सार्वजनिक गर्दै आयोगले उनीहरूलाई निर्वाचित घोषणा गरिसकेको छ। आयोगले निर्वाचित प्रतिनिधिसभा सदस्यलाई सक्कल नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र तथा दुईप्रति पासपोर्ट साइजको फोटो उपलब्ध गराउन आग्रह गरेको छ।

Kamana Sewa

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले समानुपातिकतर्फ ५७ सिट, नेपाली कांग्रेस ले २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले १६, नेपाल कम्युनिष्ट पार्टी ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले ४/४ सिट प्राप्त गरेका छन्।

Classic Tech Desktop

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० सदस्य निर्वाचित हुने व्यवस्था छ। समानुपातिकतर्फका उम्मेदवारलाई प्रमाणपत्र वितरण भएपछि यसपटकको निर्वाचन प्रक्रिया पूर्ण हुने आयोगले जनाएको छ।

प्रतिकृया