• १५ असोज २०८३, बिहीबार
  • ४ः३७ बिहान

सुर्खेतमा बेपत्ता आमा–छोराछोरीमध्ये आमा र छोरी मृत फेला, छोराको खोजी जारी

प्रकाशित मिति

२०८२ चैत्र ३ गते, मंगलवार ०९:५८

सुर्खेत- आइतबारदेखि दुई छोराछोरीसहित बेपत्ता भएकी आमामध्ये आमा र छोरीको शव फेला परेको छ भने छोराको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायत, उनकी ११ वर्षीया छोरी आशा कठायत र ५ वर्षीय छोरा दीपक कठायत आइतबारदेखि सम्पर्कविहीन भएका थिए।

National Life

मायाको शव सोमबार बेलुका भेरी नदी मा फेला परेको थियो। त्यस्तै छोरी आशाको शव मंगलबार बिहान गुर्भाकोट–१३ को भम्का क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ। छोराको खोजी भने अझै जारी रहेको छ। मायाका श्रीमान् भूपेन्द्र कठायत ले आइतबार बेलुका प्रहरी चौकी गुमीमा खबर गरेपछि खोजी सुरु गरिएको थियो।

प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङ को कमान्डमा प्रहरी टोली र स्थानीयवासीले खोजतलास गरेका थिए। घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला परेपछि नदीमा हाम फालेको आशङ्कामा खोजी तीव्र पारिएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला प्रहरी कार्यालय सुर्खेत का प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापा का अनुसार सोमबार बिहानदेखि करिब ३५ जना प्रहरी र स्थानीयको टोलीले खोजी कार्य जारी राखेको छ।

प्रतिकृया