पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन नतिजा स्वीकार गर्दै जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे
प्रकाशित मिति
२०८२ फाल्गुन २८ गते, बिहीबार १०:५३
२८ फाल्गुन,२०८२ काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनमा आफूले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको र उनकी पार्टीले पनि अपेक्षित नतिजा ल्याउन नसकेको स्वीकार गरेका छन्। उनले भने, “लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला स्वीकार गर्नु मेरो र हाम्रो पार्टीको कर्तव्य हो।”
ओलीले मतदान गरेर सूर्य चिन्हमा समर्थन गर्ने सबै मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकप्रति हार्दिक धन्यवाद व्यक्त गरे। उनले भने, “तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो। तपाईंहरूको साथ नै हाम्रो ताकत हो।”

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन नतिजा आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभावमा कुनै कमी नआएको उल्लेख गर्दै, “जनतासँगै रहिरहने, जनताका लागि काम गर्दै जाने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौं,” भने।

उनले मतदाता र समर्थकहरूलाई धन्यवाद दिँदै, “हामी जनतासँगै रहनेछौँ, जनताका लागि निरन्तर काम गरिरहनेछौँ र तपाईंहरूको विश्वासलाई अझ सुदृढ बनाउँदै अघि बढ्नेछौँ। तपाईंहरू सबैमा हृदयदेखि धन्यवाद,” पनि भने।यस सन्देशमार्फत ओलीले आगामी दिनमा पनि जनताको पक्षमा काम गर्ने दृढ सङ्कल्प व्यक्त गरेका छन् र आफ्नो राजनीतिक प्रतिबद्धता अडिग रहेको स्पष्ट पारेका छन्।




प्रतिकृया