दीपक मनाङे रिहा
प्रकाशित मिति
२०८२ फाल्गुन २७ गते, बुधबार ०५:१६
२७ फाल्गुन,२०८२ गण्डकी- गण्डकी प्रदेशका पूर्वसांसद दीपक मनाङे भनिने राजीव गुरुङ कारागारबाट रिहा भएका छन्। डिल्लीबजार कारागारमा रहेका उनलाई बुधबार रिहा गरिएको जेलर बाबुराम अर्यालले जानकारी दिए।
२०६१ वैशाख ३१ गते मिलन गुरुङ ‘चक्रे मिलन’ माथि तरबार प्रहार गरी हात छिन्ने बनाएको घटनामा मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग कसुरमा दोषी ठहर गरेको थियो। उक्त मुद्दामा २० वर्षपछि २०८१ कात्तिक २० गते सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो।

यो सजाय २०६९ साउन २८ गते उच्च अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले सदर गरेको थियो। मनाङेले उक्त फैसलाविरुद्ध २०७५ वैशाख २३ गते सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए।

यसअघि नै उनी २ वर्ष ८ महिना जेल बसिसकेका थिए। बाँकी सजायका रूपमा उनलाई करिब दुई वर्ष चार महिना जेल बस्नुपर्ने थियो। तर जिल्ला अदालत काठमाडौंले २०८१ फागुन २३ गते २० प्रतिशत कैद छुट दिने आदेश गरेपछि उनी कारागारबाट रिहा भएका हुन्।




प्रतिकृया