• १५ असोज २०८३, बिहीबार
  • ५ः३९ बिहान

शंकर पोखरेलले सार्वजनिक गरे चुनावी खर्च

प्रकाशित मिति

२०८२ फाल्गुन २७ गते, बुधबार ०५:०७

२७ फाल्गुन,२०८२ काठमाडौं- नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । बुधबार उनले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण पेश गरेका हुन् ।

National Life

उनले पेश गरेको विवरण अनुसार मतदाता नामावली खरिदका लागि ५० हजार रुपैयाँ खर्च भएको उल्लेख छ । त्यसैगरी सवारी साधनमा ३ लाख ५० हजार रुपैयाँ खर्च गरिएको छ भने सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) शीर्षकमा ३ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

यस्तै प्रचार–प्रसार सामग्रीमा १ लाख ५० हजार, ढुवानीतर्फ १ लाख ५० हजार, गोष्ठी तथा अन्तरक्रियामा १ लाख ५० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरिएको छ । अन्य प्रचार–प्रसार, छापा तथा विद्युतीय माध्यममा २ लाख रुपैयाँ खर्च भएको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसैगरी कार्यालय सञ्चालनमा १ लाख ५० हजार, प्रतिनिधि परिचालनमा १ लाख तथा विविध शीर्षकमा १ लाख ५० हजार रुपैयाँ खर्च भएको पोखरेलले पेश गरेको विवरणमा उल्लेख गरिएको छ ।

निर्वाचन आयोगको प्रावधान अनुसार प्रत्येक उम्मेदवारले चुनावमा गरेको खर्चको विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ । सोही अनुसार उम्मेदवारहरूले खर्च विवरण पेश गरिरहेका छन् ।

प्रतिकृया