हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २८९० उम्मेदवारको धरौटी जफत, ३५० ले पाएनन् एक मत पनि
प्रकाशित मिति
२०८२ फाल्गुन २७ गते, बुधबार ०३:३७
२७ फाल्गुन,२०८२ काठमाडौं- फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका २ हजार ८९० जना उम्मेदवारको धरौटी जफत भएको छ। निर्वाचनमा उम्मेदवारी दिँदा कानूनअनुसार उम्मेदवारहरूले निश्चित धरौटी रकम राख्नुपर्छ। कुल सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारले मात्र उक्त रकम फिर्ता पाउने व्यवस्था छ। १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी भने राज्यको ढुकुटीमा जफत हुन्छ।
निर्वाचन आयोगका अनुसार धरौटी जफत हुने उम्मेदवारमध्ये ३५० जनाले एक मत पनि प्राप्त गर्न सकेनन्। यसले कतिपय उम्मेदवारले आफ्नै वा परिवारको मत समेत नपाएको संकेत गरेको आयोगले जनाएको छ।
प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेका उम्मेदवारमध्ये ५ सय १६ जनाले मात्र १० प्रतिशतभन्दा बढी मत प्राप्त गरी आफ्नो धरौटी जोगाउन सफल भएका छन्।
धरौटी रकम फिर्ता पाउने उम्मेदवारहरूले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ९० दिनभित्र आयोगमा निवेदन दिनुपर्नेछ। आवश्यक प्रक्रिया पूरा भएपछि कानून बमोजिम उनीहरूले आफ्नो रकम फिर्ता पाउनेछन्।







प्रतिकृया