• १५ असोज २०८३, बिहीबार
  • ४ः२५ बिहान

स्थायी सरकारको आशा बीच नेप्सेमा फेरि गिरावट

प्रकाशित मिति

२०८२ फाल्गुन २७ गते, बुधबार ०३:२६

२७ फाल्गुन,२०८२ काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ४६.७८ अंकले घटेर २७९६.५७ बिन्दुमा कायम भएको छ। आज ३२९ कम्पनीका ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड २ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।

National Life

आजको कारोबारमा फाइनान्स समूहको सूचक सबैभन्दा बढी २.०८ प्रतिशतले घटेको छ। त्यस्तै वाणिज्य बैंक समूह १.८२ प्रतिशत, विकास बैंक समूह १.६१ प्रतिशत र होटल तथा पर्यटन समूह १.५६ प्रतिशतले घटेका छन्।

प्रतिनिधिसभा निर्वाचनपछि पुँजी बजारमा स्थायी सरकार बन्ने आशामा सोमबार बजारमा सकारात्मक लहर देखिएको थियो। तर त्यसयता दुई कारोबार दिन लगातार बजारमा गिरावट देखिएपछि लगानीकर्तामा मिश्रित प्रतिक्रिया देखिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ नजिक पुगेपछि बजारमा स्थिरता आउने अपेक्षा गरिएको थियो। राजनीतिक अस्थिरताको प्रभावमा रहने गरेको पुँजी बजारले स्थायी सरकारको सम्भावनासँगै सुरुआती उत्साह देखाए पनि पछिल्ला दिनमा भने बजार पुनः दबाबमा परेको देखिएको छ।

प्रतिकृया