• ३ साउन २०८३, आइतबार
  • ५:३६ बेलुका

यस्तो छ आजको मौसम पूर्वानुमान

प्रकाशित मिति

२०८२ फाल्गुन २८ गते, बिहीबार ०९:२३

२८ फाल्गुन,२०८२ काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभावसँगै उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ।

विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ। कोशी प्रदेशको पहाडी क्षेत्रमा केही स्थानमा हल्का वर्षा भइरहेको छ।

Kamana Sewa

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहने तथा बाँकी स्थानमा आंशिक बदली रहने मौसम पूर्वानुमान गरिएको छ। कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

Classic Tech Desktop

यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ। बाँकी भू–भागमा आंशिक बदली रहनेछ।

प्रतिकृया