• ४ साउन २०८३, सोमबार
  • १:४२ बिहान

निर्वाचनका दिन आन्तरिक उडान आवश्यकताअनुसार सञ्चालन हुने

प्रकाशित मिति

२०८२ फाल्गुन २० गते, बुधबार १०:३४

२० फाल्गुन,२०८२ काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।

प्राधिकरणका अनुसार देशभरका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकताअनुसार सञ्चालन गरिनेछन् । अन्तरराष्ट्रिय उडानतर्फ भने मध्यपूर्वी गन्तव्यबाहेक अन्य गन्तव्यका उडानहरू नियमित तालिकाअनुसार सञ्चालन हुने स्पष्ट पारिएको छ ।

Kamana Sewa

मध्यपूर्वी गन्तव्यतर्फका उडान सञ्चालन भने सम्बन्धित देशको निर्णय तथा गन्तव्य विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीहरूले संशोधित उडान तालिकाअनुसार गर्ने प्राधिकरणले जनाएको छ ।

Classic Tech Desktop

मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रतर्फका केही उडानहरू हाललाई स्थगित हुँदै आएको उल्लेख गरिएको छ ।

प्रतिकृया