• ३ साउन २०८३, आइतबार
  • ३:५० बेलुका

दि निलय होटल्सले आईपीओ जारी गर्ने तयारी गर्दै

प्रकाशित मिति

२०८२ फाल्गुन २० गते, बुधबार १०:११

२० फाल्गुन,२०८२ काठमाडौं – दि निलय होटल्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित पहिलो वार्षिक साधारणसभा बोलाएको छ । सभा चैत १३ गते शुक्रबार बिहान ११ बजे धादिङको थाक्रे गाउँपालिका–८ स्थित कम्पनीकै कार्यालयमा बस्नेछ ।

सभामा कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पेश गरिनेछ । साथै स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिबाट भएका काम कारबाही अनुमोदन गर्ने तथा लगानी र स्रोत जुटाउन आवश्यक कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा पनि रहेको छ ।

Kamana Sewa

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, गत असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

Classic Tech Desktop

साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

प्रतिकृया