• ३ साउन २०८३, आइतबार
  • ९:२५ बिहान

मौन अवधिमा झण्डै ५ लाख नगदसहित जसपा उम्मेदवार पक्राउ

प्रकाशित मिति

२०८२ फाल्गुन २० गते, बुधबार ०९:४१

२० फाल्गुन,२०८२ सिरहा- निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि)का क्रममा झण्डै ५ लाख रुपैयाँ नगदसहित सिरहा क्षेत्र नम्बर ३ का जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् ।

नेपाल–भारत सीमास्थित माडरबाट सिरहाको सदरमुकामतर्फ आउँदै गरेको प्र. २–०२–००१ च ०८७ नम्बरको स्कार्पियो गाडीलाई गएराति करिब साढे १२ बजे चेकजाँच गर्दा ४ लाख ८७ हजार रुपैयाँ नगद फेला परेपछि यादवसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Kamana Sewa

पक्राउ परेका पाँचै जनालाई हाल जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ । थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

मौन अवधिमा मतदातालाई प्रभावित पार्ने गतिविधि हुन सक्ने भन्दै प्रहरीले सीमाक्षेत्रसहित विभिन्न स्थानमा निगरानी कडा बनाएको छ ।

प्रतिकृया