• ४ साउन २०८३, सोमबार
  • ७:४५ बेलुका

भक्तपुरमा कार दुर्घटनामा तीनको मृत्यु, दुई घाइते

प्रकाशित मिति

२०८२ फाल्गुन २० गते, बुधबार १०:४२

२० फाल्गुन,२०८२ काठमाडौं – भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरमा मंगलबार बिहान निजी कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा ५ च ७८८१ नम्बरको कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी काठमाडौं महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको मृत्यु भएको हो।

Kamana Sewa

दुर्घटनामा गम्भीर घाइते भएका योगेन्द्र र सुरेन्द्रको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जानकारी दिएको छ।

Classic Tech Desktop

दुर्घटनामा घाइते भएका अन्य दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिकृया