• ४ साउन २०८३, सोमबार
  • ७:५४ बेलुका

आज सुन–चाँदीको मूल्यमा ठूलो गिरावट

प्रकाशित मिति

२०८२ फाल्गुन २० गते, बुधबार ११:०१

२० फाल्गुन,२०८२ काठमाडौं – साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ। प्रतितोला छापावाला सुनको मूल्य अघिल्लो दिनको तुलनामा ११ हजार रुपैयाँले घटेर तीन लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।

यस्तै, चाँदीको मूल्य पनि २७५ रुपैयाँले घटेर प्रतितोला ५५४० रुपैयाँमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतिऔं १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ७२ हजार २ सय ९० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४७४९.५० रुपैयाँ कायम भएको छ।

Kamana Sewa

प्रतिकृया