• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

आज ग्याल्पो ल्होछार, शेर्पा समुदायले नयाँ वर्ष रूपमा उत्साहका साथ स्वागत गर्दै

प्रकाशित मिति

२०८२ फाल्गुन ६ गते, बुधबार ०९:५६

६ फाल्गुन, २०८२ काठमाडौं – आज ग्याल्पो ल्होछार पर्व देशभरका शेर्पा तथा उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षका रूपमा विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्। भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदादेखि शेर्पा जातिको नयाँ वर्ष सुरु हुने मान्यता छ।

यस वर्ष बाँदर वर्ष पूरा भई चरा वर्ष सुरु भएको शेर्पा संस्कृतिविद्हरूले बताएका छन्। पर्वका अवसरमा समुदायले गाउँघर, टोलका बाटोघाटो र पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाएर बनाइने परिकार ‘गुथुक’ र ‘खाप्से’ सामूहिक रूपमा खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ।

Kamana Sewa

शेर्पा संस्कृतिअनुसार १२ वर्षे चक्रमा मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर वर्ष पर्ने विश्वास छ। जन्मेको वर्षकै आधारमा व्यक्तिका धार्मिक क्रियाकलाप निर्धारण गरिन्छ।

Classic Tech Desktop

ग्याल्पो ल्होछारको अवसरमा बुद्धले ऋद्धि शक्तिमाथि विजय प्राप्त गरेको सम्झनामा आजदेखि १५ दिनसम्म विशेष कार्यक्रम सञ्चालन गरिन्छ। पर्वका अवसरमा आज सार्वजनिक बिदा पनि दिइएको छ।

प्रतिकृया