• ३ असोज २०८३, शनिबार
  • ४ः२९ बेलुका

सार्वजनिक बिदामा पनि खुला रहने राहदानी विभाग, वितरण र आवेदन सेवा जारी

प्रकाशित मिति

२०८२ फाल्गुन ६ गते, बुधबार १०:१५

६ फाल्गुन, २०८२ काठमाडौं – सार्वजनिक बिदाका दिन पनि राहदानी विभाग ले सेवा जारी राख्ने भएको छ। विभागले सूचना जारी गर्दै आज र भोलि दुवै दिन कार्यालय खुला राखेर सीमित समयका लागि सेवा प्रदान गरिने जनाएको हो।

National Life

सरकारले आज ग्याल्पो ल्होछार र भोलि प्रजातन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा दिएको छ। बिदा भए पनि विभाग बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालनमा रहनेछ।

विभागका अनुसार आज राहदानी वितरण सेवा उपलब्ध हुनेछ भने भोलि राहदानीका लागि आवेदन फाराम सङ्कलन गरिनेछ। अत्यावश्यक सेवा भएकाले सार्वजनिक बिदामा पनि कार्यालय खुला राखिएको विभागले स्पष्ट पारेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया