• ४ साउन २०८३, सोमबार
  • १:४१ बिहान

टर्किश एयरलाइन्सको उडान इन्जिन समस्या आएपछि कोलकातातर्फ डाइभर्ट

प्रकाशित मिति

२०८२ माघ २१ गते, बुधबार ०३:४३

२१ माघ,२०८२ काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किश एयरलाइन्सको उडान टीएचवाई–७२७ को विमानको इन्जिनमा समस्या देखिएपछि भारतको कोलकाता तर्फ डाइभर्ट गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उडान भर्ने क्रममा चालकदलले एउटा इन्जिन बिग्रिएको जानकारी काठमाडौं टावरलाई दिएका थिए। दुवै इन्जिनमा सुरक्षित रूपमा लामो दूरीको उडान गर्न नसकिने निष्कर्ष निकाल्दै चालकदलले विमानलाई कोलकातातर्फ डाइभर्ट गरेको बताइएको छ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया