• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो

प्रकाशित मिति

२०८२ माघ २२ गते, बिहीबार ०९:०६

२२ माघ,२०८२ काठमाडौं – जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जनाएको छ। विभागका अनुसार देशका हिमाली भू–भागमा सामान्यतया बदली रहँदा पहाडी भू–भागमा आंशिक बदली देखिएको छ। साथै तराईका केही स्थानहरूमा तुवाँलो लागेको छ।

आज दिउँसो तराई भू–भागका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको विभागले जनाएको छ। यद्यपि देशका पहाडी र हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

Kamana Sewa

त्यसैगरी आज राति तराईका थोरै स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहे पनि पहाडी तथा हिमाली भू–भागमा मौसम प्रायः सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

Classic Tech Desktop

प्रतिकृया